Tuesday, September 29, 2009

""आफ्नै भुमि फर्किउ क्यारे,आज मलाई यस्तो लाछ।""

जति टाढा भएपनि,
माया आखिर देशकै रैछ।
गुलामिले सिमा नाघ्यो,
मर्नु बाच्नु जस्तै भैछ।

माया भन्ने चिज कस्तो,
छोड्नु पर्दा कस्तो भैछ।
जिन्दगिको लामो यात्रा,
एक्लै काट्नु पर्ने रैछ।

भौतारिएर हिड्छु मत,
पानि बिना बाँच्नु रैछ।
संसारको रितै कस्तो,
दु:ख भोग्नु मात्रै भैछ।

यता हेर्छु बिरानै छ,
उता हेर्दा उजाड रैछ।
आफ्नै भुमि फर्किउ क्यारे,
आज मलाई यस्तो लाछ।

1 comments:

basanta October 29, 2009 8:48 PM  

wow bosss kabitaa ta khai kkhai k chha ta ho

  © Free Blogger Templates Spain by Ourblogtemplates.com 2008

Back to TOP