Tuesday, September 29, 2009

""माया दिने आमा घरमा मत छु परदेशमा,सम्झि सम्झि रुन्छु मत बुबाआमाको यादमा,""


लेखिदियो भाबिले दु:ख पिर मर्का,
गरिबिको डोरिले कस्यो क्यारे पक्का।
सम्झि सम्झि रुन्छु मत बुबाआमाको यादमा,
हरपल गाँउकै सम्झना छ देख्छु फोटो रातमा।

आमा भन्न रहर लाछ कसलाइ भनम खोइ,
किन्न पाए किन्नि थिए यो मुलुकमा यस्तो को छ खोइ।
एक्लै एक्लै दिन काट्दा पोल्छ मेरो छाति,
कहिले काहि सोच्छु मत मर्छु क्यारे राति।।

माया दिने आमा घरमा मत छु परदेशमा,
बस्नुपर्यो माया बिना तड्पिएर बिरानो यो मुलुकमा।
गरम हावा पनि आजकल ठण्डा जस्तै लाछ,
झिलिमिलि संसार भन्दा आफ्नै गाँउ प्यारो भाछ।

सबै थोकको सुबिधा छ खाँचो छ यहाँ एक,
मागेरनि नपाइने किनेरनि नपाइने यस्तो यहाँ के छ।
माया भन्दा ठुलो चिज मत देख्दिननि यहाँ,
ममतामा डुब्न मन लाछ जाउ साथि आज म कहाँ ।।

1 comments:

Basanta October 1, 2009 9:39 PM  

परदेशमा बस्ने सबैको पिडा बोकेको छ कविताले!

  © Free Blogger Templates Spain by Ourblogtemplates.com 2008

Back to TOP